काठमाडौं, (नेस) एसओएस बालग्राम सानोठिमीको आयोजना तथा विपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाटी अस्पताल एवम् पुनःस्थापना केन्द्र लोकन्थलीको प्राविधिक हयोगमा सोमबार एसओएस बालग्राममा निःशुल्क आँखा, नाक, कान, घाटी शिविर सञ्चालन गरियो।
कार्यक्रम संयोजक बालग्रामकी नर्स कमला थापाका अनुसार सो शिविरमा बालग्रामका छोराछोरी, आमा, काकी तथा कर्मचारी र सानोठिमीका स्थानीयसमेत गरी १ सय ४० जनाको आँखा, नाक, कान, घाँटी जाँच गरी औषधि वितरण गरिएको थियो। १५ जना आँखा र २० जनाको घा“टीमा समस्या देखिएकाले थप उपचारका लागि बिपी नेत्र प्रतिष्ठान् लोकन्थलीमा पठाइएको बालग्राम सानोठिमीकी सहायक निर्देशक ज्योत्सना क्षेत्री पुनले जानकारी दिनुभयो।