सामुदायिक स्वास्थ्य केन्द्र रिष्ठे रामेछापको आयोजना तथा बी.पी. नेत्र प्रतिष्ठान बाल, आँखा नाक कान घांटी अस्पताल एवं पुनस्थापना सेवा भक्तपुरको सहयोगमा श्री कालिका नमुना उच्च मा.वि. रिष्ठे रामेछापमा मिति २०७५ पुष १६ र १७ मा संचालन भएको निशुल्क आँखा तथा नाक कान घांटी शिविरमा ४५६ जना बिरामीहरुको आँखा तथा नाक कान घांटी रोग परिक्षण तथा उपचार भएको थियो । शिविरमा ४८ जना मोतिबिन्द, १जना आखामा मासु पलाएको र ७ जनाको कानको शल्यक्रिया भएको थियो । शिविर संचालनमा बी.पी. नेत्र प्रतिष्ठान भक्तपुरबाट आँखा रोग बिशेषज्ञ डा. दिपक खडका र नाक, कान घांटी रोग बिशेषज्ञ डा. सुभास भट्ट लगायत अन्य ९ जना प्राविधिकहरु संलग्न रहेका थिए । शिविरमा महत्वपुर्ण भुमिका खेल्नु हुने सामुदायिक स्वास्थ्य केन्द रिष्ठेका संयोजक एवं दोरम्बा गाउंपालिका प्रबक्ता श्री अम्बिका प्रसाद गजुरेल, स्वास्थ्य केन्द्रका ईन्चार्ज श्री लक्ष्मण चौधरी र कालिका नमुना उच्च मा.वि. का प्राचार्य श्री याम श्रेष्ठ, महिला स्वास्थ्य स्वयं सेविका, स्थानीय समाजसेवीहरु, बिधालय परिवार लगायत बिधार्थी स्वय्रसेवकहरुलाई बिशेष धन्यबाद दिन चाहान्छौं । आगामी दिनहरुमा पनि सबैमा निरन्तर समन्वय, सहयोग र सहकार्य गरि अन्धोपन तथा बहिरोपन निबारणमा महत्वपुर्ण भुमिकाको अपेक्षा गर्दछौं ।