ललितपुर । ललितपुरको सिस्नेरी उच्च मावि लामाटार ढुङ्नीमा आँखा तथा नाक, कान, घाँटीको एक दिने निःशुल्क परीक्षण शिविर सम्पन्न भएको छ । नेपाल रेयूकाई तथा विपी नेत्र प्रतिष्ठान, रोटरी क्लब अफ पाटन दरबार स्क्वायर र वासुकी महिला सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा पुस २३ गते सो शिविर सम्पन्न भएको हो ।

 शिविरमा २ सय ४९ जना स्थानियले आँखा तथा नाक, कान, घाँटी परीक्षण गराएका थिए । जसमा १० जनाको मोतीविन्दुको शल्यक्रिया गराउनुपर्ने, २५ जनाको कानको विस्तृत परीक्षण गर्नुपर्ने र ५ जनाको कानको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । उनीहरुलाई विपी नेत्र प्रतिष्ठान लोकन्थलीमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण गरेकाहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।